आइतबार, कार्तिक १६ गते २०८३
images
images

रमेश लेखकको दाबी : कांग्रेस महाधिवेशन नयाँ कार्यतालिकाअनुसार  हुन्छ

एक्सप्रेस पाना
श्रावण ३१, २०७८ आइतबार
  • 479
    SHARES
  • रमेश लेखकको दाबी : कांग्रेस महाधिवेशन नयाँ कार्यतालिकाअनुसार  हुन्छ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने बताएका छन्।

    images

    आइतबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै उनले कोरोनाका कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अब नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताएका हुन्।

    लेखकले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे। नेता लेखकले अब क्रियाशील सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे।

    images

    लेखकले वर्तमान सरकारलाई सही तबरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याइ सकिएको र गठबन्धन लामो समयसम्म जाने पनि बताए। नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिएका छन् ।