वैशाख ४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाथ्य तथा जनसंखया मन्त्रालयका अनुसार ३४८९ जनामा नमुना परीक्षण गर्दा १२ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ३६ जना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन ।


