वैशाख ७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८७७ जनामा नमुना परीक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २५ जना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कुनै पनि ब्यक्तिको मृत्यु भएको छैन ।


