आइतबार, भाद्र २८ गते २०८३
images

प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

एक्सप्रेस पाना
बैशाख ९, २०७९ शुक्रबार
  • 399
    SHARES
  • प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

    वैशाख ९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् । 

    images

    प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए । 

    साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए ।

    images

    प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा भेटमा राखेका थिए । 

    भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अयिभान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । 

    कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाई थियो । 

    उनले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रसंशा गरेका थिए ।