काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजराति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
प्रतिनिधिसभा दोस्रो पटक पुनस्र्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन। बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन्। सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ।
.jpg)

