आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न किन गरियो सिफारिस, नतिजा के आउला ?

एक्सप्रेस पाना
श्रावण ३२, २०७८ सोमबार
  • 318
    SHARES
  • प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न किन गरियो सिफारिस, नतिजा के आउला ?

    काठमाडौँ ।  सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। 

    images

    अधिवेशन सोमबार मध्यराति १२ बजेपछि लागू हुने गरी अन्त्य गर्ने सिफारिस गरिएको उनले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो। फैसलामा पाँच दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन भनिएको थियो।

    भदौ ३ गतेदेखि पुनः सुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको छ। शून्य र विशेष समयमा सांसद्हरुले बोल्ने बाहेक प्रतिनिधिसभाबाट कानुननिर्माण सम्बन्धी गतिविधिले तीव्रताका साथ प्राथमिकता पाएको छैन।

    images