शनिबार, भाद्र २७ गते २०८३
images

क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ शीर्षकमा निबन्ध प्रतियोगिता हुने

एक्सप्रेस पाना
बैशाख ११, २०७९ आइतबार
  • 581
    SHARES
  • क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ शीर्षकमा निबन्ध प्रतियोगिता हुने

    वैशाख ११ काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक ‘क्याम्पसमा  नेपाल भाषा विद्यार्थी  कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता ने.सं. ११४३’ हुने भएको छ । 

    images

    नेवाः जागरण मंच जापानको प्रायोजनमा हुन लागेको प्रतियोगिता २०औं शताव्दीका महान् नेपाली साहित्यकार मध्ये एक मानिएका तथा नेपाल भाषा साहित्यिक क्षेत्रमा खम्बा रूपमा रहेका कवि केशरी चित्तधर हृदयकाे यही आउँदो जेठ १२ गते जन्मोउत्साेवकाे अवसरमा हुने प्रतियाेगितामा संसारभर छरिएर रहेका नेपालीहरू जस्ले नेपाल भाषा जानेकाे छ तिनीहरूले सो प्रतियोगिता सभागिता जनाउन सकिनेछ  । 

    उपत्यकाका क्याम्पसमा नेपालभाषी विद्यार्थीहरुको संख्या कसरी बढाउन सकिने विषयमा २ सय ५० भन्दा कम शब्द प्रयोग निबन्ध वाचन गरेकाे भिडियाे नेवाः विद्यार्थी युनियनकाे फेसबुक पेजमा र साे निबन्ध नेवाः विध्यार्थी युनियनको इमेलमा newavidyarthiunion1140@gmail.com जेष्ठ ११ गते साँझ पाँचसम्म पठाइ सक्नुपर्ने भएकाले सम्पूर्ण मातृभाषानुरागीहरुलाई  नेवाः विध्थार्थी युनियनले अनुराेध गरेका छन् । 

    images

    करिब एक महिनासम्म हुने प्रतियोगितामा प्रथम, द्धितीय, तेस्रो हुने तथा सान्वत्वना पुरस्कारको समेत व्यवस्था गरिएको प्रतियाेगिताकाे संयाेजन नेवाः जागरण मञ्च जापानका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्यले गरेका छन् । 

    सो प्रतियोगिता बारेमा विदेशमा रहेकाहरुले थप जानकारी लिनका लागि नेवाः जागरण मंच जापानका अध्यक्ष कृष्ण बदन जोशी +८१९०-६४९६0-८४६३ सचिव : श्याम तन्दुकारं +८१८०-४४३१-८१३४ साथै नेपालका लागि नेवाः विध्यार्थी युनियनका अध्यक्ष  रीदेन महर्जन ९८४९१३२७८८ र सचिव प्रशान्त डंगोल ९८५११२१८७३ लाई सम्र्पक राख्नु सक्नु हुनेछ ।