वैशाख ११ काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४२५५ जनामा नमुना परिक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरी नेपालमा हल २६९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै बितेको २४ घन्टामा २५ संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सोही समयमा कोरोनाका कारण कुनै पनी व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


