कमल बिक्रम जिसी, काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। उनले प्राधिकरणको कार्यकारी अधिकृतमा आफूलाई हटाएर कुलमान घिसिङलाई ल्याएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।
शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई कुलमान घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको रिटमा उल्लेख गरेका छन्। रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्। रिटमा शाक्यले आफूलाई ४ बर्षका लागि नियुक्त गरिएकोले समय अगाबै हटाईएकाले मन्त्रीपरिषद्को निर्णय खारेज गर्न माग राखेका छन् ।
शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन्। यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो। शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन्।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले रिट दर्ता भएको र बुधबारका लागि पेशी तोकिएको जानकारी दिए। ‘रिट दर्ता भएको छ। ‘प्रारम्भिक छलफलका लागि बुधबारलाई बोलाईएको छ,’ उनले भने।
.jpg)


