वैशाख १२ काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४७७५ जनामा नमुना परिक्षण गर्दा २१ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा हाल २७१ जना संक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घन्टामा १७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनी व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


