वैशाख १४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ८९१ जनामा कोरोना परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५२ जना रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमण मुक्त भएका छन् । सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

