आइतबार, कार्तिक १६ गते २०८३
images
images

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा ओलीे तरङ्गित, षडयन्त्र क्षम्य हुन नसक्ने 

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 283
    SHARES
  • राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा ओलीे तरङ्गित, षडयन्त्र क्षम्य हुन नसक्ने 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

    images

    सोमबार राति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन्। सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप लगाएका हुन्।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच आलीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य हुन नसक्ने बताएका हुन्।

    images

    ‘केही समययता नेकपा एमाले  र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमाले लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन। तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।’ 

    1-8-731x1024.jpg

    2-6-726x1024.jpg