आइतबार, भाद्र २८ गते २०८३
images

नेपालमा थपिए १४ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 390
    SHARES
  • नेपालमा थपिए १४ जना कोरोना संक्रमित

    वैशाख १६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमण पृष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २७७१ जनामा नमुना परिक्षण गर्दा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल २४३ सक्रिय कोरोना संक्रमित रहेका छन् । 

    यस्तै बितेको २४ घन्टामा १९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्, भने सोही समयमा कोरोनाका कारण कुनै पनी व्यक्तिको मुत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images