काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन्। सरकारले मन्त्रिपरिषद्बाट पारित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितलनिवास गएका हुन्।
दल विभाजनका लागि सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गराएका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका हुन्।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको सम्मुखमा छ र नेता माधव नेपाललाई दल विभाजन गर्न सजिलो होस् भनेर सरकारले अध्यादेश ल्याएको हो।
.jpg)


