काठमाडौँ । नेकपा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका छन्। मंगलबार उनले प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत र्पुयाएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमालेले विरोध गरेको हो।
वैशाख २०७७ मा तत्कालीन सरकारले अध्यादेश ल्याउँदा विरोध भएको र राष्ट्रपतिले हतारहतार प्रमाणीकरण गरेर प्रधानमन्त्रीलाई सहज बनाएको आरोप लागेको स्मरण गर्दै उनले भने, ‘यदि त्यो आलोचना सही हो भने राष्ट्रपतिले पुनर्विचार गर्नुपर्छ।’ उनले अध्यादेशबाट कांग्रेस बोल्नुपर्ने बताएका छन्। दलहरु विभाजन गरेर शासन चलाउँछु भन्ने धुन्धकारी सोच भएको उनले बताए ।
.jpg)


