शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मुगुका दलहरूको घरदैलो कार्यक्रममा

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 436
    SHARES
  • मुगुका दलहरूको घरदैलो कार्यक्रममा

    वैशाख २२ मुगु । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुगुका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार भोट माग्न मतदाताको घरघरमा पुगेका हुन् ।  पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारीसाधन प्रयोग गरी भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन ।  

    images

    जिल्लामा चार स्थानीय तह र ४५ वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन यहाँका दलहरू तामझामसहित चुनावी प्रचारमा लागेका छन् । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेस गर्न सकेका छैनन् । 

    एक नगरपालिकासहित तीन गाउँपालिका रहेको मुगुका प्रमुख दलहरू आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् ।   कांगेस , एमाले , माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले गाउँपालिका नगरपालिकाका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रममा मतदातासँग आफ्नो उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् । 

    images