वैशाख २३ काठमाडौं । मुलुक भर पछिल्लो २४ घन्टामा १५ जनामा कोरोना संक्रमित पृष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मानत्रालयका अनुसार कुल ३४५३ जनामा नमुना परिक्षण गर्दा १५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा हाल २१५ जनामा सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै बितेको २४ घन्टामा १७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्, भने सोही समयमा कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


