आइतबार, भाद्र २८ गते २०८३
images

थपिए १४ कोरोना संक्रमित

एक्सप्रेस पाना
बैशाख २४, २०७९ शनिबार
  • 343
    SHARES
  • थपिए १४ कोरोना संक्रमित

    वैशाख २४ काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमणम मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।