आइतबार, कार्तिक १६ गते २०८३
images
images

कुलमानविरुद्धको रिट निवेदन पुग्यो रेग्मीको इजलासमा, कहिले सुनुवाइ हुने ? 

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 316
    SHARES
  • कुलमानविरुद्धको रिट निवेदन पुग्यो रेग्मीको इजलासमा, कहिले सुनुवाइ हुने ? 

    भदौ २, काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको रिट निवेदन कुमार रेग्मीको इजलासमा पुगेको छ । घिसिङलाई नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो । 

    images

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् । रेग्मीको इजलासमा उक्त रिट १० औं नम्बरमा छ । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त शाक्यले सो नियुक्ति अस्वीकार गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन् । कार्यकारी निर्देशक भएर पनि उनले अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।

    images