वैशाख २७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६३४ जनामा नमुना परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १८५ पुगेको छ ।
यता सोहि समयमा थप १७ जना संक्रमण मुक्त भएका छन् भने कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ८० हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

