भदौ ३,काठमाडौँ । औपचारिक रुपमा नेकपा एमाले फुटेपछि केपी शर्मा ओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन्। ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्।
बिहीबार अध्यक्ष ओलीले नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन्।
त्यस्तै माधव नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन्। यसअघि एमाले वरिष्ठ नेताको हैसियतमा देखिने नेपाल आजबाट भने नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन्। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा।बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन्।
.jpg)


