जेठ ९ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप १० जना कोरोना संक्रमण पृष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार २७६८ जनामा गरिएको नमुना परिक्षणमा १० जना थपिएका छन् । यो सँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १३३ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएकोे छ ।


