आइतबार, भाद्र २८ गते २०८३
images

एकै दिन थपिए २१ जना नयाँ कोरोना संक्रमित

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 385
    SHARES
  • एकै दिन थपिए २१ जना नयाँ कोरोना संक्रमित

    जेठ १० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३६२८ जनामा गरिएको कोरोना परिक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । 

    images


    यो सँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या १२९ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोहि समयमा कोरोनाको  कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।