जेठ १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३८७ जनामा कोरोना परिक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
योे सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १२४ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

