आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेका सांसदहरु जब सभामुख कार्यकक्ष घेराउ गर्न पुगेपछि...

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 358
    SHARES
  • एमालेका सांसदहरु जब सभामुख कार्यकक्ष घेराउ गर्न पुगेपछि...

    भाद्र ४ काठमाडौं । नेकपा एमालेका सांसदहरु सभामुख कार्यालयमा पुगेका छन् । पार्टीले कारवाही गरेका सांसदहरुलाई कारवाही गरिएको सूचना टाँस गर्न ढिलाइ गरेको भन्दै सांसदहरु सभामुखको कार्यकक्ष घेराउ गर्न पुगेका हुन् । 

    images

    कार्यालय समय शुरु हुनासाथ सांसदहरु सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पुगेका हुन् । एमालेका सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

    पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर सभामुख सापकोटाले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।

    images

    एमालेले माधव नेपालसहितका १४ सांसदलाई गत साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको थियो ।