भाद्र ४ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ५३० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६५४ जनाको पीसीआर एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ३७ हजार ६५५ जनाको पीसीआर एन्टिजेन परीक्षण भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२४४ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप २६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।


