जेठ २५ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०४९ जनामा नमुना परिक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा १०९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ, भने ८ जना कोरोना सक्रमण मुक्त भएका छन् ।

