आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन हुदै

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 280
    SHARES
  • माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन हुदै

    भाद्र ६ काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजनको टुंगो आइतबार आज लाग्ने भएको छ ।

    images

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा हिजो शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायत काम टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।


    आइतबार बिहान ११ बजे बस्ने बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

    images

    राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नवीकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हिजोको बैठकमा छलफल भएको थियो ।

    निर्वाचन आयोगले निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने प्रवक्ता श्रेष्ठले बताए । निर्वाचन निर्देशिका तल पठाउनेबारे पनि आजको बैठकले थप निर्णय गर्नेछ ।