आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको नेताहरुको दाबी

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 264
    SHARES
  • कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको नेताहरुको दाबी

    भाद्र ६  काठमाडौं ।  नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेपछि विवाद समाधान भएको नेताहरुले बताएका छन् ।

    images

    क्रियाशील सदस्यताको विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समिति गठन गरिएको थियो । सभापति देउवालाई सहमतिको प्रतिवेदन आज बेलुका नै बुझाउने समितिको तयारी छ । बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ ।