भाद्र ७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा पुगी एमाले सांसदले गरेको अभद्र व्यवहारप्रति सत्तापक्षका सांसदले आपत्ति जनाएका छन् । सभामुखलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्ति र सोही मिडियाहरुमा एमाले सांसदले दिएका अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्तापक्षका ५ दलका सांसदले सोमबार एक वक्तव्य जारी गरेका छन् ।
नेपाली कांग्रसेकी सचेतक पुष्पा भुसाल, माओवादी संसदीय दलका सचेतक देवप्रसाद गुरुङ, जसपाका सचेतक प्रदीप यादव, माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले वक्तव्य जारी गरेका हुन् । ‘सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्ति वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्’ गठबन्धनका सांसदले भनेका छन्, ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो।’
सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न उनीहरुले आग्रह गरेका छन् ।
.jpg)


