आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 339
    SHARES
  • मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने

    भाद्र ७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले जारी गरेको बैठक कार्यसूचीअनुसार मुख्यमन्त्री केसीले सोमबार विश्वासको मत लिन लागेका हुन् ।

    images

    प्रदेशसभा सचिवालयका अनुसार सोमबार साढे ३ बजे पछि बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने बैठक अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभाको बैठक अवरुद्ध गरेको थियो ।

    बैठक अवरुद्ध पारिएपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । साढे २ बजे पछिको बैठकमा एमाले सांसदहरु सहभागी भएनन् । तर, बैठकमा केही विधेयकहरु पेश गरी पुनः साढे ३ बजेपछिको बैठक डाकिएको छ । बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने छन् ।

    images

    मुख्यमन्त्री केसीले विश्वासको मत पाउनका लागि ४१ सांसदको मत आवश्यक पर्दछ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८ सभामुख बाहेक,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेमा भने ३७ सांसद रहेका छन् ।माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।