भाद्र ८ रुपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । नवगठित सरकारले प्युठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो । शङ्कर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका यसअघिका मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि साउन २७ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।
सुवेदीलाई सोमबार साँझ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराएका थिए । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुल प्रसाद केसी, सभामुख पूर्ण बहादुर घर्ती लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको सहभागितामा दीक्षितले सुवेदीलाई शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री केसी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे लगत्तै उक्त शपथग्रहणमा सहभागी भएका थियो ।
.jpg)


