भाद्र ८ काठमाडौं । अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ ।
बैठकमा माधवकुमार नेपालले नयाँ दल दर्ता गर्दा साथ नदिएका एमालेका १० स्थायी समिति सदस्यहरु पनि उपस्थित रहेका छन् । तर, एमाले उपाध्यक्ष वामदेव गौतम भने अनुपस्थित रहेका छन् । नेपाल समूहले नयाँ दल दर्ता गर्दा उतै प्रवेश गरेको भनिएका गौतमले पछि एमालेमै रहेको सूचना सार्वजनिक गराएका थिए ।
दुई भागमा विभाजित हुँदै आएको एमालेबाट नेपाल समूह अलग्गिएर नयाँ दल दर्ता गरिसकेको छ । बुधबार निर्वाचन आयोगले दल सनाखतका लागि बोलाएको छ भने नेपाल समूह हाल चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा छलफलमा रहेका छन् ।
.jpg)


