आइतबार, कार्तिक १६ गते २०८३
images
images

माओवादी केन्द्रले गर्यो नेताहरुको जिम्मेवारी बाँडफाँड, प्रवक्ताको जिम्मेवारी महरालाई

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 431
    SHARES
  • माओवादी केन्द्रले गर्यो नेताहरुको जिम्मेवारी बाँडफाँड, प्रवक्ताको जिम्मेवारी महरालाई

    भदौ ९ काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय सङ्गठनका इञ्चार्ज पनि तोकेको छ ।

    images

    त्यस्तै पार्टीको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् । प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महराले पाएका छन् । यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । वर्षमान पुन अनन्तले अर्थ तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड छन् । प्रमुखमा गिरिराजमणि पोखरेल छन् ।

    यता प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्जको निम्मेवारी हितमान शाक्यले पाएका छन् । गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टले पाएका छन् ।

    images