भदौ ९ काठमाडौ । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै गुटगत छलफलहरुले तीव्रता पाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि बिहानैदेखि क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट देउवालाई काउन्टर दिने उम्मेदवार चयनका विषयमा छलफलमा जुटेको एक नेताले बताए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारी निवासमा भएको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा। शेखर कोइराला, बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद वडूलगायत उपस्थित छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर दोस्रो साता काठमाडौंमा हुँदै छ । मंसिर ९ देखि १३ सम्म हुने केन्द्रीय महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदै छ । कांग्रेसले अझै क्रियाशील सदस्यता टुङ्गो लगाउन सकेको छैन ।
.jpg)


