भदौ ९ काठमाडौं । नेपाली कांग्रेसका केही जिल्ला सभापतिसहित युवा नेताहरुले अनसन सुरु गरेका छन् ।
पार्टीमा हाल कायम क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै उनीहरु केन्द्रीय कार्यालय सानेपामा अनसन बसेका हुन् । मंगलबार पनि उनीहरुले सानेपामै धर्ना दिएका थिए । विधानमा भएको व्यवस्थाअनुसार नै महाधिवेशन प्रतिनिधि मात्रै जिल्ला सभापतिका लागि उम्मेदवार हुन पाउनुपर्ने र क्रियाशील सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा राख्नुपर्ने मूल मागसहित जिल्ला सभापतिहरु आन्दोलित बनेका हुन् ।
अनसन तथा धर्ना बस्नेमा पार्टीको संस्थापनइतरका जिल्ला सभापतिहरु रहेका छन् । उनीहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका अन्य नेताहरूको समेत समर्थन रहेको बताइएको छ । माग सम्बोधन नभएसम्म धर्ना तथा अनसन जारी रहने उनीहरुको भनाइ छ । उ
.jpg)


