आइतबार, कार्तिक १६ गते २०८३
images
images

चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 371
    SHARES
  • चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

    भदौ ९ काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

    images

    निर्वाचन आयोगमा दलको सनाखतबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा चौधरीले कम्युनिस्ट शक्तिहरुबिच एकता भएर ठूलो दल बन्ने दाबी गरे । चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछ । यहीँ पार्टीको वरिपरी मुलुकको राजनीति अघि बढ्छ, उनले भने, माओवादी, जनमोर्चा, विप्लववैद्य सबैसँग पार्टी एकता हुन्छ । सबैसँग छलफल प्रक्रिया अघि बढिसकेको छ । टुंग्याउने प्रक्रियामा हामी छिर्छौं ।

    चौधरीले नेपालको राजनीतिमा रहेसम्म अथवा एमाले अध्यक्ष रहेसम्म केपी ओलीसँग भने कुनै प्रकारको सहमति, सहकार्य, एकता नहुने बताए । मध्यमार्गी नेता ओलीतिर लागेकोमा आलोचना गर्दै चौधरीले भने, सबै मान्छेहरु युद्धको मैदानमा क्रान्ति गर्ने ल्याकत राख्न सक्दैन । थोरै मान्छेमात्र हिम्मत साहस आँट गर्न सक्ने रहेछन् । त्यो आँट हामीले माधव नेपालको नेतृत्वमा गर्‍यौ ।

    images

    उनले एमाले पार्टी चोइटिएको नभई विभाजन नै भएको जिकिर गरे । अध्यक्ष ओलीले जे पनि बोल्ने गरेको भन्दैं चोइटिएको भन्ने उनको बोलीकोपछि नलाग्न आग्रह गरे । उनले पार्टीको दस्तावेजीकरण र कार्यविभाजनको काम बाँकी रहेको जानकारी दिए । ओलीको कार्यशैली मन नपरेकै कारण आफूहरु छुट्टिएको उनको भनाई थियो । चौधरीले आयोगबाट आजै दल दर्ता प्रमाणपत्र लिएर जाने पनि उल्लेख गरे ।

    ओलीले कम्युनिस्ट आन्दोलन डुबाउन खोज्दा आफूहरुले उकासेको उनले दाबी गरे । उहाँले जे देख्यो खरानी बनाउन थाल्नुभयो । हामीले कम्युनिस्ट आन्दोलनलाई खरानी हुनबाट जोगायौं उनले भने । नेता चौधरीले ओलीतिर लागेका मध्यमार्गी १० नेता छिट्टै फर्किने विश्वास व्यक्त गरे । १० जना एमाले र ओली खरानी हुनुभन्दा अघि नै आउनुहुन्छ, उनले भने । साभार : न्युज कारखाना