भदौ १० विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।
उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा १३ सांसद आफ्नो पक्षमा भएको नेपाल नेतृत्वको नेकपा समाजवादीले दावी गर्दै आएको छ । अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन् ।
.jpg)


