आइतबार, कार्तिक १६ गते २०८३
images
images

वामदेव ‘पर्ख र हेर’ को अवस्थामा, एमाले बैठकमा नजाने

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 279
    SHARES
  • वामदेव ‘पर्ख र हेर’ को अवस्थामा, एमाले बैठकमा नजाने

    भदौ १० काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन् । उनी यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका थिएनन् ।

    images

    एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिसकेका छन् । गौतमले माधव नेतृत्वको नयाँ दलमा पनि गएका छैनन् । साविक नेकपा हुँदै एमालेको आन्तरिक शक्ति संघर्षमा कहिले नेपाल समूहमा त कहिले संस्थापन ओली समूहमा देखिँदै आएका नेता गौतम एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि आफ्नो बाटो तय गर्न मनस्थितिमा देखिएका छन् । 

    त्यसैले उनी अझै केही दिन ‘पर्ख र हेर’ को मनस्थितिमा छन् । साभार - न्यज कारखाना

    images