आइतबार, कार्तिक १६ गते २०८३
images
images

हाम्रो पार्टी जन आधारित पार्टी हुनेछ : नेपाल

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 285
    SHARES
  • हाम्रो पार्टी जन आधारित पार्टी हुनेछ : नेपाल

    भदौ १० काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी जन आधारित पार्टी हुने दावी गरेका छन् । आज बिहीबार बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले समाजलाई,आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी बन्ने बताए ।

    images

    हामी पुरानो बाटो र लिकमा जाँदैनौ । जुन ओलीले नेतृत्व गरेको पार्टीको संस्कार र परिपार्टी भन्दा भिन्न हुनेछ । क्रान्तिकारी संस्कारयुक्त पार्टी, जनताको जनवादलाई स्वीकार्नेछ’, आफ्नो पार्टी विशेषताबारे उनले बताए । ‘आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुनेछ । समाजवादको यात्रामा निरन्तर अघि बढ्ने छ । राष्ट्रपति, जनता र सिद्धान्तप्रति निष्ठावान भएर लागिरहने छ ।’