आइतबार, कार्तिक १६ गते २०८३
images
images

आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 365
    SHARES
  • आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित

    भदौ ११ काडमाडौ । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाई स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिए पनि आजको सुनुवाई स्थगित भएको हो । 

    images

    विपक्षीका कानुन व्यवसायीहरुको माग बमोजिम सर्वोच्चले आलमको मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । यसअघि पनि यो मुद्दाको पेशी तोकेर सुनुवाइ सर्दै आएको थियो। 

    ०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको आरोप उनीमाथि लागेको छ । 

    images