आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवा , प्रचण्ड र नेपालबीच भेट वार्ता, के के भयो कुराकानी ?

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 382
    SHARES
  • प्रधानमन्त्री देउवा , प्रचण्ड र नेपालबीच भेट वार्ता, के के भयो कुराकानी ?

    भदौ १३ काठमाडौं । प्रधानमन्त्री एवमं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।    

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

    नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।    

    images

    कांग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका थियो ।

    प्रधानमन्त्रीले शपथका दिन नै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन् ।