आइतबार, कार्तिक १६ गते २०८३
images
images

सकियो सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 263
    SHARES
  • सकियो सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

    भदौ १४ काठमाण्डौं । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।

    images

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै गठनबन्धनका शीर्ष नेताहरुले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

    बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका थिए ।

    images