भदौ १४ काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आागामी महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘मेरो दावेदारीको आधार आग्रज नेता तथा कार्यकर्ता हुनुहुन्छ । मैले मेरो क्षेत्रबाट गरेका सबै कामहरु सफल भएका छन्,’ उक्त कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘म आज मेरै क्षेत्रबाट महामन्त्रीको उम्मेदवारी बन्ने घोषणा गर्दैछु।’ त्यस्तैगरी उनले आफ्नो पार्टीमा प्रतिस्पर्धाको लागि सहयोगको याचनासमेत गरेका थिए ।
उनले नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवारी दिएका थिए । उक्त समय पराजित भएका थापा १४ औं महाधिवेशनमा भने पक्का बाजी मार्ने दाउमा छन् । उनलाई यो पटक पार्टीको सभापति देखि वरिष्ठ नेताको पनि साथ रहेको छ ।
.jpg)
