भदौ १४ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध भएका नेता प्रदीप नेपालले उक्त पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।
अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, नेपालले भनेका छन् ।
नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।
.jpg)


