आइतबार, कार्तिक १६ गते २०८३
images
images

भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 249
    SHARES
  • भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

    भदौ १५ धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेका छन् । माधव नेपाल छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी आइपुगेका छन् ।

    images

    धनगढीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा गरमागरम  राजनीतिकाबीच रावल धनगढी आइपुगेका हुन् ।

    रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना प्रदेश सांसद सम्पर्कविहीन भए । तीन जना सम्पर्कविहीन भएकोमा १ जना भने सम्पर्कमा आए । सम्पर्कमा आउने कुलवीर चौधरी हुन् । उनले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन् ।

    images

    प्रदेश सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन् । उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो । समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन् ।

    समाजवादीले आज १३ जनाले सनाखत गर्ने तयारी गरेको थियो । तर १० जनाले मात्रै सनाखत गरे ।  समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भोलि १४ सांसद पुग्ने दाबी गरेकी छन् ।  उनले  दुईजना सा‌ंसदको कागजात नपुगेको दाबी गरेकी छन् ।

    दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ । न्युज कारखाना