भदौ १६ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको परेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
बुधबार मुद्धा सुनुवाइ हुने भनेर पेशी सूचीमा राखिएको थियो तर, केही समयमै सर्वोच्चको वेसवसाइटमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
यसअघि पनि पटक पटक उक्त मुद्धा पेशीमा चढाइए पनि फैसला हुन सकेको छैन । यसअघि २०७८ वैशाख ८ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।
२०६२ वैशाख १६ मा अपहरणमा परेका लामालाई खाल्डो खनेर ज्युँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतमा उजुरी दर्ता गरेकी थिइन् । तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राखेको थियो । त्यसपछि पनि पुनः पूर्णिमाया न्याय माग्न सर्वोच्च गइन्। तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा सापकोटा सञ्चारमन्त्री बने । त्यसपछि कनकमणि दीक्षितलगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
.jpg)


