आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 487
    SHARES
  • कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

    भदौ १६ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार राजीनामा पत्र तयार पारेर उनी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

    images

    कार्यालय पुग्नअुघि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाबारे जानकारी गराएको उनले बताएका छन् । नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका उनले केन्द्रीय सदस्य र अध्यक्ष पद दुवैबाट राजीनामा दिएको पनि बताए ।

    निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका उनले कांग्रेसमा दलित समुदायको सहभागिता शून्य रहेपछि आफू पार्टीमा बस्नुको कुनै औचित्य नरहेको भन्दै पदबाट राजीनामा दिएको पत्रमा उल्लेखछ ।

    images

    241127523_951324802408424_425166527964182325_n.jpg