भदौ १७ काठमाडौं । कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही यतिबेला विवादमा तानिएका छन् । हालै सार्वजनिक एउटा भिडियोका आधारमा उनीमाथि बलात्कारको आरोप लागेको छ । यद्यपि, पीडित भनिएकी महिलाले आफूमाथि त्यस्तो कुनै घटना नभएको भन्दै सफाइ दिएकी छिन् ।
कुर्मराज शाही एमालेबाट विद्रोह गर्ने कर्णाली प्रदेशसभाका चार नेतामध्ये एक हुन्, जसले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पछिल्लो समय उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् ।
पीडित भनिएकी महिला र उनका पतिले भने बाहिर हल्ला फैलाइए जस्तो कुनै घटना नभएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । मन्त्री शाहीले पनि बुधबार पत्रकार सम्मेलन गरेर यसबारे आएका समाचारहरुको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपमा सत्यता नरहेको बताए ।
.jpg)


