बुधबार, भाद्र २४ गते २०८३
images

फ्रेन्ड्सले जावलाखेललाई हरायो

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 206
    SHARES
  • फ्रेन्ड्सले जावलाखेललाई हरायो

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २-१ गोलले हराएको हो । 

    images

    फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एक एक गोल गरे । जावलाखेलका फोडे फोफानाले एक गोल फर्काए ।

    पहिलो हाफमै २-० गोलको अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा एक गोल खाएको थियो । 

    images

    उक्त जितसँगै फ्रेन्ड्स क्लबले जारी लिगमा चौथो खेलमा आएर पहिलो जित निकालेको छ । फ्रेन्ड्सले ४ खेलबाट ४ अंक बनाएको छ । यता पराजित जावलाखेलले समान खेलबाट ७ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल